Comments Add Comment

बुहारीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

१८ भदौ, काठमाडौं । बञ्चरो प्रहार गरेर बुहारीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८, दाप्चाका ४२ वर्षीय सुदर्शन अधिकारी छन् ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका एसपी रविराज पौडेलका अनुसार अधिकारीमाथि बुहारी ३७ वर्षीया रञ्जना तिमल्सिनालाई हत्या गरेको अभियोग छ ।

उनका अनुसार टाउको र घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको खबर आएपछि बिहीबार बिहान जिल्लाबाट डीएसपी कुमारविक्रम थापाको कमाण्डमा अपराधस्थलमा अनुसन्धानका लागि प्रहरी खटिएको थियो ।

त्यस क्रममा मृतक महिलाका जेठाजु सुदर्शन अपरास्थलबाट घटनामा प्रयोग गरिएको हतियारसहित पक्राउ गरेको पौडेलले बताए । उनका अनुसार शवलाई पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोटमा पठाइएको छ ।

प्रारम्भिक अनुसन्धानमा घरायसी विवादका कारण सुदर्शनले बुहारीलाई बञ्चरो प्रहार गरेको खुलेको पौडेलको भनाइ छ । प्रतिवादी सदुर्शनविरुद्ध ज्यान मुद्दामा जिल्ला अदालत, काभ्रेबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment