Comments Add Comment

बानेश्वरका व्यापारीको माग : ६ महिनाको घरभाडा मिनाहा होस्

महानगरले कर मिनाहा गरोस्, बैंकले ब्याज मिनाहा गरोस्

२६ भदौ, काठमाडौं । नयाँ बानेश्वर क्षेत्रका मझौला तथा साना व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा र बैंकको ब्याज छुट गर्न स्थानीय प्रशासन र महानरपालिकासँग माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र यस क्षेत्रका दुईवटा वडा कार्यालयमा ज्ञापन पत्र बुझाउँदै नयाँ बानेश्वर व्यापार व्यवसायी संघले यस्तो माग गरेको हो ।

लकडाउन र निषेधाज्ञा पालना गर्दै व्यवसायीले सरकारलाई सहयोग गरिरहँदा सरकारबाट भने व्यवसायीले राहत नपाएको संघले जनाएको छ ।

नयाँ बानेश्वर क्षेत्रमा महानगरका १० र ३१ वडा क्षेत्रका यी व्यवसायीहरुले वैज्ञानिक घर भाडा निर्धारण, लकडाउन र निषेधाज्ञा अवधिको घरभाडा छुट तथा सबैखाले कर मिनाहा गर्न पनि प्रशासनलाई आग्रह गरेका छन् ।

‘विनाधितो ऋणको व्यवस्था, शिक्षा, स्वास्थ्य र सुरक्षाको ग्यारेण्टी तथा फूटपाथ अतिक्रमण निषेध गरियोस्,’ व्यवसायीको मागपत्रमा भनिएको छ ।

व्यावसायीहरुको माग पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले जायज माग सम्बोधन गर्न आवश्यक सहजीकरण गर्ने आश्वासन दिएको व्यवसायी संघका अध्यक्ष रामशरण गिरीले अनलाइनखबरलाई बताए ।

‘स्थानीय स्तरबाट सम्बोधन हुने मागमा सहजीकरण गर्ने तथा माथिल्लो निकायबाट गर्नु पर्ने विषयमा अवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाउनुभएको छ,’ अध्यक्ष गिरीले भने ।

निषेधाज्ञा खुकुलो बनाउने जिल्ला प्रशासनको आदेशमा फूटपाथ व्यवसायलाई वैधानिकता दिएको भन्दै व्यवसायीहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसमक्ष अपत्ति जनाएका छन् । जवाफमा सीडीयो दाहालले मानिसहरु भोकले रुँदै सडकमा ननिस्किउन्, व्यापार गरुन् भनेर यस्तो निर्णय गर्नुपरेको जवाफ दिएको व्यवसायीहरुले बताए ।

व्यवसायीहरुले आफ्ना ८ सूत्रीय मागहरु पूरा गराउन दकाव दिने उद्देश्यले संघर्ष समिति नै गठन गरेका छन् । यी मागहरु पूरा नभएर आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् ।

हेर्नुहोस् व्यापारीहरुको मागपत्र

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment