Comments Add Comment

बर्दिबासमा सशस्त्र प्रहरीको रिजर्भ गण स्थापना

१ असोज, जनकपुरधाम । सशस्त्र प्रहरीले सीमा नाकाको सुरक्षाका लागि भन्दै महोत्तरीको बर्दिबास नगरपालिका-४ मा ‘रिजर्भ गण’ स्थापना गरेको छ ।

सशस्त्र प्रहरीको प्रदेश-२ कार्यालय प्राङ्गणमै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ ‘रिजर्भ गण’ को हेड क्वाटर स्थापना गरिएको हो । उक्त गणको सशस्त्र प्रहरीका प्रदेश प्रहरी प्रमुख डीआईजी कृष्णभक्त ब्रम्हचार्यले उद्घाटन गरे ।

नेपाल सरकारले गत असार २९ गते सीमा नाकाको सुरक्षा, त्यसको व्यवस्थापन र जनशक्ति परिचालनका लागि काम गर्न भन्दै ‘रिर्जभ गण’ को स्थापना गर्ने निर्णय बमोजिम यो गणको स्थापना गरिएको डीआईजी ब्रम्हाचार्यले बताए । उनका अनुसार गणले विपद् व्यवस्थापन, राहत तथा उद्धार, सीमामा हुने क्रियाकलापहरुको बारेमा काम गर्नेछ ।

गणमा उपरीक्षक सुरेन्द्र बुढाथोकीको नेतृत्वमा ६ सय २१ जना जनशक्ति परिचालन हुनेछन् ।

बर्दिबासबाहेक बारामा पनि रिजर्भ गणको स्थापना गरिने उनले बताए ।

यसैबीच सीमा सुरक्षाका लागि प्रदेश २ अन्तर्गत सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र बारामा नयाँ बीओपीहरु थप गरिने डीआईजी ब्रम्हाचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment