+
+
Shares

सप्तरी बलात्कार प्रकरण : सीमा क्षेत्रबाट दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २ गते ९:३९
फाइल तस्वीर

२ असोज, काठमाडौं । सप्तरीको डाकनेश्वरी नगरपालिका–७ की किशोरी संगीता मण्डलको बलात्कार प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय बल्लु भनिने सुमन कुमार मण्डल र रन्जित मण्डल छन् । उनीहरुलाई बलान बिहुल गाउँपालिका वडा नं. ४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए ।

‘दुई जना पक्राउ परे, अन्यको खोजी जारी छ,’ डिएसपी भारतीले भने ।

पक्राउ परेकाहरु बलात्कारमा मुख्य आरोपी हुन् । आरोपीमध्ये अन्य दुई जना फरार छन् । उनीहरुको खोजी कार्य जारी छ ।

गत २९ भदौमा धानखेतमा पानीको अवस्था हेर्न गएकी संगीतामाथि गाउँकै चार जना युवाले सामूहिक बलात्कार गरेका थिए । गाउँका अगुवाहरुले केही नगद दिएर घटना मिलापत्र गर्न दबाव दिएका थिए । त्यही पीडाबाट विक्षिप्त संगीताले आत्महत्या गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?