+
+
Shares

आइसोलेसनबाट फरार लागूऔषधका थुनुवा काभ्रेबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ४ गते १२:२७

२ असोज, काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको नियन्त्रणबाट फरार भएका कोरोना संक्रमित पक्राउ परेका छन् । ब्युरोको टोलीले लागूऔषध सम्बन्धी कसुरका प्रतिवादी रमेश तामाङलाई पक्राउ गरेको हो ।

काभ्रेको सिउरिनीमा लुकेर बसेको अवस्थामा उनलाई गएराति पक्राउ गरिएको ब्युरोले जनाएको छ । तामाङको घर काभ्रेको नमोबुद्ध नगरपालिकामा हो ।

उनी शुक्रबार बिहान पौने २ बजे आइसोलेसन कक्षबाट हत्कडी फुकालेर फरार भएका थिए । शौचालय गएका वेला उनी फरार भएको भनिएको थियो ।

ब्युरोका एसएसपी दिलिपकुमार चौधरीका अनुसार बसुन्धारास्थित आइसोलेसनमा तामाङसहित १४ जना संक्रमित थुनुवालाई राखिएको थियो ।

प्रहरीका अनुसार संक्रमितको सुरक्षा जिम्मेवारी निलम्बित प्रहरी निरीक्षक रुद्रबहादुर शाहीलाई दिइएको थियो । शाही लागूऔषध सम्बन्धी घटनामा पक्राउ परेयता निलम्बित थिए । तर, संक्रमण देखिएसँगै अन्य प्रहरी सुरक्षार्थ खटिन डराएपछि शाहीलाई जिम्मेवारी दिइएको स्रोत बताउँछ ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीबाट पनि गएराति चार जना थुनुवा फरार भएका छन् । उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?