Comments Add Comment

गोविन्द केसीको जीवन रक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन (फोटो फिचर)

५ असोज, काठमाडौं । सत्याग्रही डाक्टर गोविन्द केसीको समर्थनमा सोमबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाइन्स’ले माइतिघर मण्डलामा प्रर्शन गरेको हो ।

प्रदर्शनमा उत्रिएकाहरुले डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने, सबै मागहरु पूरा गर्नु पर्ने, लुटतन्त्र बन्द गर्नुपर्ने माग गरेका छन् ।

डाक्टर गोविन्द केसी गत भदौ २९ गतेदेखि जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा १९औं अनसन बसेका डाक्टर केसी भने स्वास्थ्यमा समस्या भएपछि त्यहाँबाट काठमाडौंका लागि हिँडिसकेका छन् ।

स्वास्थ्यमा समस्या देखिन थालेपछि डाक्टर केसीलाई शनिबार राति नै प्रहरीले बलपूर्वक अस्पताल पुर्‍याएको थियो । सोमबार भने डाक्टर केसी आफैं काठमाडौं आउन तयार भएका थिए ।

काठमाडौं आउन हिँडेका डाक्टर केसी बाकेको नेपालगञ्जमा आएर रोकिएका छन् । उडान नभएकाले उनी नेपालगञ्जमै रोकिएका हुन् । जुम्लाबाट फर्किए पनि डाक्टर केसीले सबै माग पूरा नभएसम्म सत्याग्रह कायम रहने बताएका छन् ।

पछिल्लो समय डाक्टर केसीले कोरोना भाइरस (कोभिड-१९)का संक्रमित पहिचानका लागि पीसीआर परीक्षण व्यापक बनाउनु पर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ तत्काल सुरु गर्नुपर्ने, नि:शुल्क, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चितता हुनु पर्नेलगायतका माग राखेर अनसन बसेका हुन् ।

तस्वीर : चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment