Comments Add Comment

सुर्खेतका ४२ सहित कर्णालीमा ५५ जना कोरोना संक्रमित थपिए

६ असोज, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ५५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी अस्पलात रुकुम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै ४२ जना रहेका छन् । जस्मा १३ जना कन्ट्यक्ट ट्रेसिङ, पाँचजना शिक्षक, तीनजना वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी, दुईजना स्वास्थ्यकर्मी, सशत्र प्रहरी र व्यवसायी एक/एकजना, सुरक्षाकर्मी र विद्यार्थी एक/एकजना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै रुकुम पश्चिम्माका १२ जना र दैलेखका एकजनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३२२८ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार मंगलबार प्रदेशमा थप २७ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २७१४ पुगेको छ ।

प्रदेशभर हालसम्मा ५०८ जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनाए । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment