+
+
Shares

कस्तो छ साम्राज्ञीको फिल्म रोजाई ?

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १२ गते १४:२९

गतबर्ष नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १६ लाख रुपैयाँ पारिश्रमिक लिएर निर्देशक अशोक शर्माको चलचित्र ‘रातो टिका निधारमा’ साइन गरिन् । कतिपयले साम्राज्ञीले महंगो रकम पाएकाले चलचित्र साइन गरेको टिप्पणी गरे भने कतिपयले आफ्ना छोरालाई हिट बनाउन अशोक शर्माले साम्राज्ञीलाई महंगो पारिश्रमिक दिए भनेर टिप्पणी गरे । टिप्पणी जे जस्तो भएपनि साम्राज्ञी यो चलचित्रबाट उत्साहित भइन् । उनको एउटै रटान के थियो भने, ‘रातो टिका निधारमा’को कथा निकै राम्रो भएकाले मैले साइन गरेकी हुँ ।’

साम्राज्ञीले गाउँले भूमिकाको चलचित्र नै गर्दिनन् भन्ने चर्चा चलचित्र बजारमा चलिरहेकाले पनि ‘रातो टिका निधारमा’मा उनले गाउँकी एक यूवतीको भूमिका निर्वाहा गरिन् । साम्राज्ञीले सर्वाधिक आशा गरेको यो चलचित्र यसरी चिप्लियो कि, अशोक आफैलाई नयाँ चलचित्र बनाउनु अगाडि धेरै पटक सोच्न यसले वाध्य पारिदियो । साम्राज्ञीले निकै राम्रो कथा चयन गरेको बताएपनि त्यो सत्य सावित भएन ।

साम्राज्ञीले काम गरेका ‘तिमी सँग, कायरा’को कथामा खासै दम देखिएन । चलचित्र ‘ए मेरो हजुर २, इन्टु मिन्टु लण्डनमा’ मेकिङका हिसाबले अब्बल देखिएका थिए ।

नेपाली चलचित्रका कलाकार चलचित्रको बिषयमा सधै एउटै जवाफ दिन्छन् । काम नगरुन्जेल अफर आएर पनि कथा मन परेन भन्ने जवाफ, काम गरेपछि कथा गज्जब लागेर साइन गरेको भन्ने जवाफ । यो जवाफ सबै कलाकारले दिने गर्छन् ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले लकडाउनयता ३ वटा चलचित्र साइन गरिन् । साम्राज्ञीले चलचित्र साइन गर्नुको एउटै कारण कथा मन पर्नु नै रहेको बताइरहेकी छिन् ।

मिलन चाम्स, रमेश एम के पौडेल, प्रवेश पौडेलको निर्देशनमा उनले विश्वास गरेकी छिन् । अब यी तिनै चलचित्रको कथा कस्तो छ यो चलचित्र निर्माण भएपछि मात्र थाहा हुने कुरा भयो । तर, साम्राज्ञीको चलचित्र रोजाई अघिल्ला चलचित्रको कथा हेर्दा त्यती सुखद देखिदैन । हुनत, कतिपय चलचित्र स्क्रिप्टमा र क्यामेरामा फरक हुन्छन् ।

बजारमा, साम्राज्ञीले चलचित्र नै पाउदिनन् भन्ने आलोचना भैरहँदा उनले आलोचकलाई जवाफ दिन धमाधम चलचित्र साइन गरेको टिप्पणी पनि नभएको होइन । तर, उनले कथा राम्रो भएकाले काम गरेको जवाफ दिइरहेकी छिन् । के, साच्चै साम्राज्ञीले कथा मन पराएरै काम गर्न तयार भएकी हुन् या आलोचकलाई जवाफ दिन, चलचित्र रिलिजपछि थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?