Comments Add Comment

बाढी पहिरोले क्षतिग्रस्त स्थानमा प्रभु बैंकको आर्थिक सहयोग

१५ असोज, काठमाडौं । बागलुङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त स्थानमा प्रभु बैंकले आर्थिक सहयोग गरेको छ । जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ मा बैंकले सहयोग गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरपालिकालाई बाढीपिडित उद्वार कोषमा रहने गरि ५००,००० रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

स्थानियहरुको समस्या बुझी शीघ्र उक्त ठाउँहरुमा केन्द्रिय बिद्युत प्रसारण लाईनको सेवा पु-याउने, क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशका तर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहिका लागि कार्यालय स्थापना गर्ने जानकारी पनि दिइएको बताइएको छ ।

उक्त क्षेत्रमा करिव ३७ जनाले ज्यान गुमाएका छन् भने विद्यालय, स्वास्थ्य चौकी, लघु जल विद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment