
यी प्रत्येक रातहरू
यी प्रत्येक दिनहरू
जीवनका पानाहरू
पल्टाइरहेछु एकएक गरेर ।
पाठकजस्तो समय
पुस्तकजस्तो जिन्दगी
अनि पुस्तकका परिघटनाजस्तै
जीवनका आरोह–अवरोहहरू ।
खहरे त रहेछ यो यात्रा
लहर त रहेछ यो गन्तव्य
नत्र किन बगरमात्रै
बाँकी रहन्थ्यो र झरी थामिएपछि ?
एउटा अलिखित र अप्राप्य
अस्तित्व
त्यो उन्मत्त जलप्रवाह
कुन महासागरमा पुगेर
सामाधिस्त भयो होला ?
अनि त्यो जीवन्त लाग्ने लहर
कुन सदावहार नदीको शान्त बहावमा
एकाकार भयो ?
प्रश्नहरू केवल
प्रश्नमै सीमित रहन्छन्
किनकी उत्तरहरू नभेट्टाउँदै पुस्तक
समाप्त भइसकेको हुन्छ !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4