Comments Add Comment

सुदूरपश्चिममा ४३ स्वास्थ्य संस्थाको स्तरोन्नति हुने

२५ असोज, डोटी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका ४३ स्वास्थ्य संस्थाको स्तरोन्नति हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार प्रदेशका ४३ स्वास्थ्य संस्थाहरु स्तरोन्नति गरेर अस्पताल बनाइने भएको हो ।

मन्त्रालयकाअनुसार सुदूरपश्चिम प्रदेशमा १३ वटा १५ शैय्या र ३० वटा वटा १० शैय्याका अस्पताल निर्माण गरिनेछ ।

बझाङ्ग, बुङ्गल नगरपालिकाको सितरातढी स्वास्थ्यचौकी, बाजुरा, त्रिवेणी नगरपालिकाको तोली देवल स्वास्थ्य चौकी, बैतडी पुचौंडी नगरपालिकाको न्वादेउ स्वास्थ्य चौकी, डोटी शिखर नगरपालिकाको पचनाली स्वास्थ्य चौकी र अछाम बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ स्वास्थ्य चौकी १५ शैय्याको अस्पतालमा स्तरोन्नति हुने भएका छन् ।

कञ्चनपुर बेदकोट नगरपालिकाको दैजी स्वास्थ्य चौकी, कृष्णपुर नगरपालिकाका कृष्णपुर स्वास्थ्य चौकी र बिचवा स्वास्थ्य चौकी, महाकाली नगरपालिकाको दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्र, पुनर्वास नगरपालिकाको त्रिभुवन बस्ती स्वास्थ्य चौकी, कैलाली बर्दगोरिया गाउँपालिकाको दोदोधारा स्वास्थ्य चौकी, लम्कीचुहा नगरपालिकाको चुहा स्वास्थ्य चौकी र घोडाघोडी नगरपालिकाको साडेपानी स्वास्थ्य चौकी पनि १५ शैय्याको अस्पतालमा स्तरोन्नति हुने भएका छन् ।

कैलाली मोहन्याल गाउँपालिकाको सुगरखाल स्वास्थ्य चौकी, कञ्चनपुर लालझाडी गाउँपालिकाको शंकरपुर स्वास्थ्य चौकीलाई १० शैय्याको अस्पताल वनाउने तयारी भएको छ । अछाम तुर्माखााद गाउँपालिकाको तुर्माखाँद स्वास्थ्य चौकी, पञ्चदेवल बिनायक नगरपालिकाको बिनायक स्वास्थ्य चौकी र ढकारी गाउँपालिकाको ढकारी स्वास्थ्यचौकीपनि १० शैय्याको अस्पतालमा स्तरोन्नति हुँदैछन् ।

दार्चुला लेकम गाउँपालिकाको रिठाचौपाता, अपि हिमाल गाउँपालिकाको खण्डेश्वरी, नौगाड गाउँपालिकाको खार, दुहुँ गाउँपालिकाको धारी र मालिकार्जुन गाउँपालिकाको पस्ती स्वास्थ्य चौकी पनि १० शैय्याको अस्पतालमा परिणत हुने भएका छन् ।

१० शैय्याको अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्य संस्थाहरुमा डोटी केआई सिंह गाउँपालिकाको दुर्गामाण्डौं, बडीकेदार गाउँपालिकाको खड्यौली, सायलगाउँपालिकाको डौड र पूर्वीचौकीगाउँपालिकाको सानागाउँ स्वास्थ्य चौकी पनि परेका छन् ।

डडेल्धुराको आलिताल स्वास्थ्यचौकी र अजयमेरु गाउँपालिकाको भद्रपुर स्वास्थ्य चौकीमा पनि १० शैय्याको अस्पताल बन्ने भएको छ । बैतडी दोगडाकेदार गाउँपालिकाको सितड, डिलासैनी गाउँपालिकाको डिलासैनी, सुर्नाया गाउँपालिकाको शैलेश्वर, पञ्चेश्वर गाउँपालिकाको कुमाउ र शिवनाथ गाउँपालिकाको सुल्लेखान स्वास्थ्य चौकीलाई पनि १० शैय्याको अस्पताल वनाईदैछ ।

बाजुरा हिमाली गाउँपालिकाको रुघिन, खप्तड छेडेदह गाउँपालिकाको दोगडी, जगन्नाथ गाउँपालिकाको हुनीमहति, गौमुल गाउँपालिकाको दहकोट, स्वामीकार्तिक खापर गाउँपालिकाको जुकोटर बडीमालिका नगरपालिकाको चुथी स्वास्थ्यचौकीलाई १० शैय्याको अस्पताल बनाइने भएको छ ।

बझाङ्ग छविसपाथिभेरा गाउँपालिकाको कोट छौघनपाटा, खप्तड छान्ना गाउँपालिकाको छान्ना र साईपाल गाउँपालिकाको काँडा स्वास्थ्य चौकीपनि १० शैय्याको अस्पताल बन्ने भएका छन् ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार अस्पतालको भवननिर्माणका लागि अर्थ मन्त्रालयबाट रकम निकासा भइसकेको जनाएको छ । मन्त्रालयले देशभरि दुई सय ६४ स्वास्थ्य चौकीलाई पाँच, १० र १५ शैय्याको अस्पतालमा स्तरोन्नति गर्ने गरी सूचना सार्वजनिक गरेको छ ।

सूचनामा भनिएको छ, ‘स्थानीयतहका स्वास्थ्य संस्था स्तरोन्नति गरी पाँच, १० र १५ शैय्याका अस्पताल निर्माणका लागि रकम निकासा भइसकेको छ ।’ मन्त्रालयकाअनुसार पाँच शैय्याका अस्पतालका लागि ७० लाख, १० शैय्याका लागि ८५ लाख र १५ शैय्याकालागि एक करोड रुपैया विनियोजन गरिएको छ ।

मन्त्रालयले जारी गरेको आधारभूत अस्पताल भवननिर्माण सम्बन्धी निर्देशिका २०७७, बमोजिम भवन पूर्वाधारको डिजाइन तथा निर्माण सम्बन्धी निर्देशिका २०७३ र लागत अनुमान पठाइसकिएकोले कार्तिक मसान्तसम्म निर्माणको प्रक्रिया प्रारम्भ गर्न गराउन परिपत्र गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment