Comments Add Comment

‘सिल्की हेयर एण्ड स्मूथ राइड’को दोस्रो विजेता घोषणा

२६ असोज, काठमाडौं । लिभोनले नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरु मध्येको एक भाटभटेनीले लिभोनको साथमा मिलेर ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ उपभोक्ता योजना सञ्चालन गरेको छ । यस योजनाअन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरु खरीद गर्ने एकजना भाग्यशाली उपभोक्ताले प्रत्येक महिना यामाहा फेसिनो बाइक जित्ने अवसरका लागि एउटा कुपन प्रदान गरिने व्यवस्था गरिएको छ ।

यो योजनामा लिभोनका उपभोक्ताहरुले अत्याधिक अभिरुची राखेर सहभागिता जनाएका छन् र विजेता घोषणा कार्यक्रममा उपस्थित दर्शक तथा पत्रकारहरुमाझ मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अँकित कुपनहरुमध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गरेको छ ।

जस अनुसार १ महिनाको लक्डाउन पछिको ँसिल्की हेयर एण्ड स्मूथ राइडूलक्की ड्र मायामा हाफ सिनो १२५ एफआई बाइक विजेता बनेका छन्, कुपन नं ०२०७ बाट नख्खु निबासी सुबोध कुमार यादव नेपाली । उक्त ग्राण्ड पुरस्कार विजेताका साथै अन्य १०जना विजेताहरुले लिभोनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

यो उपभोक्ता योजना अर्को १ महिनासम्म जारी रहनेछ । एक जिम्मेवार एवं उत्तरदायी संस्था भएको नाताले लिभोन र भाटभटेनी दुवै संस्थाले बाँकी अवधिमा प्रतियोगिता सञ्चालनको दौरान सुरक्षाका सबै मापदण्डहरु अबलम्बन गरिने प्रतिबद्धता पनि व्यक्त गरिन्छ ।

लिभोन नेपालीयुवतीहरु लक्षित उत्पादन हो, ती युवतीहरु जो स्वाबलम्वी, महत्वाकांक्षी र स्टाइल-प्रेमी छन् । सल्फेट र पाराबेनरहित स्याम्पू र कण्डिसनरहरुका साथमा लिभोनले नेपालको केश स्याहार बजारमा छोटो अवधिमै एक भिन्नै अग्रस्थान ओगट्न सफल भएको छ । लिभोनका नयाँ केश स्याहार उत्पादनहरु आफ्ना उपभोक्ताहरुलाई ‘गूड हेयर डे, एभ्री डे’ प्रदान गर्न प्रतिबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment