+
+
Shares

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्लमार्क होटल एण्ड स्पामा मिल्नेछ विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १५:२९

ग्लोबल आइएमई बैंक लि. र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.बीच बैंकका ग्राहक तथा कर्मचारीहरुले सो होटल, रिसोर्ट एवं स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन प्रमुख शान्ता शिवाकोटी र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.का उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका छन्  ।

सम्झौतापश्चात ल्याण्डमार्क होटल रिसोर्ट को काठमाडौं, पोखरा तथा चितवनमा रहेका होटलहरुबाट उपलब्ध सेवा तथा सुविधाहरुमा ग्लोबल आइएमई बैंकको डेबिट, क्रेडिट,  प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ्ग, इ–बैंकिङ्ग तथा क्यूआर कोड प्रणाली मार्फत भुक्तानी गर्दा बैैंकका ग्राहक तथा कर्मचारीहरुले छुट पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?