Comments Add Comment

यी हुन् विश्वकै मूल्यवान ब्राण्डहरु, एप्पल पहिलो स्थानमा

ब्राण्ड तथा ब्राण्डिङ व्यवस्थापन सम्बन्धी अमेरिकी मार्केटिङ कन्सल्टेन्सी कम्पनी इन्टरब्राण्डले वार्षिक रुपमा प्रकाशित गर्दै आएको विश्वका सर्वाधिक मूल्यवान ब्राण्डहरुको नयाँ सूचि सार्वजनिक भएको छ ।

इन्टरब्राण्डको बेस्ट ग्लोबल ब्राण्डस् रिपोर्ट २०२० को सूचिमा प्रविधि क्षेत्रका ब्राण्डहरुको दबदबा रहेको छ । रिपोर्ट अनुसार विश्वका सर्वाधिक मूल्यवान १ सय ब्राण्डहरुको ब्राण्डभ्यालू पछिल्लो एक वर्षमा ९ प्रतिशतले वृद्धि भएर २ ट्रिलियन नाघेको छ । इ कमर्श कम्पनी अमेजनको ब्राण्डमूल्य यस अवधिमा सबैभन्दा उच्च दरमा बढेको छ । रिपोर्ट अनुसार कोरोना भाइरस महामारीका कारण विश्वका मूल्यवान ब्राण्डहरुको मूल्य झनै बढेको छ भने प्रविधि ब्राण्डहरुलाई झनै शक्तिशाली बनाइदिएको छ ।

बेस्ट ग्लोबल ब्राण्ड रिपोर्ट अनुसार विश्वका सर्वाधिक मूल्यवान ब्राण्डहरुको सूचि यस्तो छः

१. एप्पल : विश्वको सबैभन्दा मूल्यवान ब्राण्डको रुपमा पहिलो स्थानमा एप्पल रहेको छ । एप्पलको ब्राण्डमूल्य ३ खर्ब २२ अर्ब ९९ करोड डलर रहेको छ ।

२.अमेजन : विश्वको सर्वाधिक मूल्यवान ब्राण्डको दोश्रो स्थानमा रहन सफल अमेजनको ब्राण्डमूल्य २ खर्ब ६६ करोड डलर रहेको छ ।

३.माइक्रोसफ्ट : रिपोर्ट अनुसार १ खर्ब ६६ अर्ब डलर ब्राण्डभ्यालूका साथ माइक्रोसफ्ट विश्वको सर्वाधिक तेश्रो मूल्यवान ब्राण्डको रुपमा रहेको छ ।

४. गुगल : चौथो स्थानमा रहेको इन्टरनेट जाएन्ट गुगलको ब्राण्डभ्यालु १ खर्ब ६५ अर्ब ४४ करोड डलर रहेको छ ।

५.सामसुङ : दक्षिण कोरियाली कम्पनी सामसुङ विश्वको टपफाइभ मूल्यवान ब्राण्डको रुपमा रहन सफल भएको छ । जसको ब्राण्डभ्यालु ६२ अर्ब २८ करोड डलर रहेको छ ।

६. इन्टेल : छैटौँ मूल्यवान ब्राण्डको रुपमा रहेको इन्टेलको ब्राण्डमूल्य ३६ अर्ब ९७ करोड डलर रहेको छ ।

७. फेसबुक : सोसल मिडिया कम्पनी फेसबुक विश्वको सातौँ सर्वाधिक मूल्यवान ब्राण्डका रुपमा दरिन सफल भएको छ । उसको ब्राण्डमूल्य ३५ अर्ब १८ करोड डलर रहेको छ ।

८. आइबिएम : ब्राण्डभ्यालु ३४ अर्ब ८८ करोड डलर सहित आइबिएम आठौँ स्थानमा रहेको छ ।

९. सिस्को : अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी सिस्को विश्वको नबौँ सर्वाधिक मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । यसको ब्राण्डभ्यालु ३४ अर्ब ११ करोड डलर रहेको छ ।

१०. स्याप : टपटेन मूल्यवान ब्राण्डमा पर्न सफल जर्मनीको बहुराष्ट्रिय सफ्टवेयर कम्पनी स्यापको ब्राण्डमूल्य २८ अर्ब १ करोड डलर रहेको छ ।

त्यसैगरी फेसबुक मातहतको सोसल मिडिया प्लाटफर्म इन्स्टाग्राम २६ अर्ब डलर ब्राण्डमूल्य सहित ११ औँ स्थानमा रहेको छ भने १७ अर्ब ३२ करोड डलर सहित युट्युब १३ औँ स्थानमा छ ।

टेस्ला १४ औँ स्थानमा रहँदा इ बे १६ औँ, फिलिप्स १७ औँ, पेपल २० औँ, एचपी बाइसौँ तथा क्यानोन २३ औँ मूल्यवान ब्राण्डको रुपमा रहेका छन् ।

त्यस्तै चिनिया कम्पनी हुवावे विश्वको २६ औँ सर्वाधिक मूल्यवान ब्राण्डको रुपमा रहेको छ । जसको ब्राण्डभ्यालु ६ अर्ब ३० करोड डलर रहेको छ । त्यस्तै प्यानासोनिक २७ औँ स्थानमा रहँदा भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जूम ३० औँ स्थानमा रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment