Comments Add Comment

शक्तिराष्ट्रको रणभूमि बन्दैनौं – श्रीलंका

१२ कात्तिक, काठमाडौं । श्रीलंकाले आफ्नो भूमिलाई शक्तिराष्ट्रको रणभूमि बन्न नदिने बताएको छ । श्रीलंकाको मन्त्रिपरिषद्का सहप्रवक्ता उदय गमनपिलाले बुधबार आफ्नो सार्वभौमिकताको रक्षा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

श्रीलंकाले अमेरिका र चीन दुवै मुलुकसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने उनले बताए ।

यसअघि श्रीलंकास्थित चिनियाँ दूतावासले विज्ञप्ति निकालेर अमेरिकाको आलोचना गरेको थियो । चिनियाँ दूतावासको विज्ञप्ति सार्वजनिक भएसँगै गमनपिलाले यस्तो बताएका हुन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको श्रीलंका भ्रमणलाई लक्षित गर्दै चिनियाँ दूतावासको विज्ञप्ति सार्वजनिक भएको हो ।

चिनियाँ दूतावासले अमेरिकाले चीन-श्रीलंका सम्बन्धमा हस्तक्षेप गरेको आरोप लगाएको छ । गमनपिलाले श्रीलंकाकले अमेरिकासँग एमसीसी वा सोफा सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन् । श्रीलंकाको अघिल्लो सरकारले यसअघि नै अमेरिकासँग दुई सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरिसकेको छ ।

मन्त्रिपरिषद्का सहप्रवक्ता केहेलिया राम्बुक्वेलाले श्रीलंकाको लागि अमेरिका पनि महत्वपूर्ण व्यापारिक साझेदार मुलुक भएको बताए । उनले श्रीलंकाले अमेरिका र अन्य मुलुकसँग पनि व्यापारिक सम्झौताको विषयमा छलफल गर्ने उल्लेख गरे ।

स्रोत :डेल्ली मिरर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment