Comments Add Comment

भियना आक्रमणमा मृत्यु हुनेको संख्या चार पुग्यो, दुई जना पक्राउ

Photo Credit : Reuters

१८ कात्तिक, काठमाडौं । अष्ट्रियाको भियनामा भएको आक्रमणमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार राति हतियारधारी समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । यो आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अष्ट्रियाले यसलाई इस्लामिक आतंकवादी आक्रमणको संज्ञा दिएको छ ।

अष्ट्रियाका गृहमन्त्री कार्ल नेहमाले मंगलबार बिहान सडकमा ननिस्किन आग्रह गरेका थिए । नेहमाका अनुसार सोमबार राति प्रहरीको जवाफी कारबाहीमा एक आक्रमणकारी मारिएका थिए । अधिकारीहरुले उनलाई इस्लामिक स्टेटको समर्थक रहेको बताएका छन् । अहिलेसम्म यो आक्रमण कति जना मानिसहरु छन् भन्ने खुल्न सकेको छैन ।

मंगलबार प्रहरीले दिएको जानकारी अनुसार सोमबार भएको गोलीबारीमा दुई पुरुष र एक महिलाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । यो आक्रमणमा घाइते भइका थप १४ जनाको अहिले अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये एक प्रहरी अधिकारी पनि सामेल छन् । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर छ ।

प्रहरीले दिएको जानकारीअनुसार दुई आक्रमणकारीहरुलाई नजिकैको सहरबाट पक्राउ गरिएको हो । घटना भएसँगै प्रहरीले आक्रमणकारीको खोजीकार्य तीव्र पारेको छ । सहरभर एक हजार सैनिक परिचालन गरिएको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment