Comments Add Comment

अर्मेनिया–अजरबैजानबीच युद्धविराम सम्झौता

२५ कात्तिक, काठमाडौं । रुसको सहयोगमा अजरबैजान र अर्मेनियाको बीचमा युद्धविराम सम्झौता भएको छ । विवादित भूमि नागोर्नो काराबखको विषयमा यी दुई मुलुकको बीचमा गत सेप्टेम्बरदेखि जारी रहेको युद्ध रोक्न दुई मुलुकको बीचमा युद्धविराम सम्झौता भएको हो ।

युद्धविराम सम्झौता अनुसार अजरबैजानले यो युद्धको क्रममा आफ्नो कब्जामा लिएका भूमिमा आफ्नो नियन्त्रण कायम राख्नेछ । आसपासका केही क्षेत्रहरुबाट पनि अर्मेनिया पछि हट्न तयार भएको हो । टेलिभिजनको माध्यमबाट सम्बोधन गर्दै रुस राष्ट्रपति भ्लादिमिर पुटिनले करिब दुई हजार शान्ति सैनिक उक्त क्षेत्रमा पठाइएको बताएका छन् । साथै दुवै पक्षले यो युद्धको क्रममा बन्दी बनाएका एकअर्काका सैनिकहरु फिर्ता गर्ने सम्झौता गरेका छन् ।

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले यो सम्झौता ‘आफ्नो र आफ्ना नागरिकको लागि दुःखदायी’ रहेको बताएका छन् । नागोर्नो काराबखमा ५ सातादेखि निरन्तर दुई पक्षको बीचमा युद्ध चल्दै आएको थियो । यसअघि पनि रुसले दुई मुलुकबीच युद्धविरामको सम्झौता गराएको भए पनि एक दिन पनि नबित्दै यो सम्झौता तोडिएको थियो । दुवै मुलुकले यो सम्झौता उल्लंघन हुनुमा एकअर्कालाइृ दोष लगाउँदै आएका छन् ।

नागोर्नो काराबखलाई अन्तर्राष्ट्रियरुपमा अजरबैजानको भूमि मानिन्छ । तर, यो क्षेत्रमा अर्मेनियाले आफ्नो कब्जा जमाउँदै आएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment