Comments Add Comment

मेरो नियुक्ति पद र प्रतिष्ठासँग गाँसिएको थिएन : बामदेव गौतम

२६ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा आफ्नो नियुक्ति पद र प्रतिष्ठासँग नगाँसिएको बताएका छन् ।

बामदेवलाई राष्ट्रियसभा सदस्यको हैसियतमा काम गर्न र मन्त्री बन्न रोक्न माग गर्दै दायर भएको रिटमा बुधबार सर्वोच्चले अन्तरिम आदेश नदिएपछि उनले फेसबुकमा स्टाटस लेख्दै खुशी व्यक्त गरेका छन् ।

सँगै उनले भनेका छन् ‘यसबीचमा मप्रति शुभेच्छा र सद्भाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु । मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान कानुन व्यवसायी मित्रहरु प्रति म कृतज्ञ छु । वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन ।’

पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न खोजिएको उनले उल्लेख गरेका छन् ।

‘फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment