Comments Add Comment

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

३ मंसिर, जलेश्वर । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवासमा बुधबार बिहान तेल बोकेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–१० बस्ने २६ वर्षीय आशालाल परियार छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले घटनामा दाजुको मृत्यु भएको र नाम नखुलेको भाइको अवस्था सामान्य छ ।

बुधबार बिहान तेल बोकेर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५२१ नं को ट्याङ्करले बर्दिबासस्थित भावना पेट्रोल पम्पबाट मोटरसाइकलमा तेल भरेर निस्कँदै गरेको ग ९ प५३२१ नं को मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते आशालाललाई उपचारका लागि बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा लगिएकामा त्यहीँ मृत्यु भएको थियो । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । ठक्कर दिने टयाङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment