Comments Add Comment

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ४७९ करोड बढीको सेयर कारोबार

३ मंसिर, काठमाडौं । तिहार बिदा पछि पहिलो दिन खुलेको सेयर बजारमा उल्लास देखिएको छ । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । मंगलबार साढे ४ अर्ब रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ ।

नेप्से परिसूचक २३ दशमलव ३२ अंकले बढेर १ हजार ७ सय ४१ दशमलव ८१ अंकमा पुगेको छ । नेप्से परिसूचक बढ्दा क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.२४ प्रतिशत अर्थात ०.८० अंकले घटेको छ ।

दिनभर भएका ४३ हजार ६ सय ७३ कारोबारबाट १९४ कम्पनीका १ करोड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार मंगलबार ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६ सय ४९ रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्सेमा कारोबार हुने ३ उपसमूहहरु बाहेक सबै उकालो लागेका छन् । बैंकिङ उपसमूह १.२८ अंकले, विकास बैंक २०.६ अंकले र हाइड्रोपावर १८.६१ अंकले ओरालो लागेका हुन् ।

सबैभन्दा धेरै व्यापार उपसमूह ९.९८ प्रतिशतले वृद्धि भएको छ भने दोस्रोमा उत्पादनमूलक उपसमूह ६.९४ प्रतिशत अर्थात २ सय ३५ दशमलव ४५ अंकले बढेको छ ।

कारोवारका आधारमा आज पनि नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३३ करोड ६२ लाख ५९ हजार ९२० बराबरको कारोवार भएको छ ।

यस्तै नेपाल दूरसञ्चार कम्पनी रु ३० करोड ८५ लाख ५१ हजार ६६०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २५ करोड ८४ लाख ९१ हजार २५, शिवम् सिमेन्ट रु २२ करोड ७९ लाख ५४ हजार, एनआइसी एशिया बैंक रु १८ करोड १२ लाख २७ हजार ५७२, प्रभु बैंक रु १६ करोड ५९ लाख ६६ हजार ७८ र शिखर इन्स्योरेन्स रु १६ करोड २६ लाख पाँच हजार ९५६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार कारोवार भएका कम्पनीमध्ये ७२ कम्पनीको शेयर उकालो लागेको छ भने ८७ वटाको ओरालो लाग्दा १३ वटाको भने कुनै परिवर्तन भएको छैन । स्टकका अनुसार आज हिमालयन डिस्टिलरी १०, गुर्खाज फाइनान्स १०, बोटलर्स नेपाल तराई ९.९९, विशाल बजार कम्पनी ९.९९, साल्ट टे«डिङ कर्पोरेशन ९.९८, शिवम् सिमेन्ट ९.२५, शिखर इन्स्योरेन्स ८.३८ र ओरियन्टल होटलका लगानीकर्ताले ७.७५ प्रतिशतले कमाए ।

त्यस्तै, घलेम्दी हाइड्रो ५.८०, यूनाइटेड मोदी ५.७५, दिव्यश्वरी हाइड्रोपावर ५.६५, सबैको लघुवित्त ५.५८, नेपाल हाइड्रो डेभलपर ५.५३, सिन्धु विकास बैंक ५.११, छ्याङ्दी हाइड्रो ४.७६ र जोशी हाइड्रोपावरका शेयरधनीले ४.६५ प्रतिशतले गुमाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment