+
+
Shares

आफ्नो कामबारे चिन्ता नगर्न आँचलको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ५ गते १३:२१

नायिका आँचल शर्माको बिहेपछि पनि म्यूजिक भिडियोको रफ्तार कम भएको छैन । उनले, म्यूजिक भिडियोमा सफलता पाइरहेकी छिन् भने चलचित्रको अफर पनि उनलाई आइरहेको छ । आँचल श्रीमान् उदिप श्रेष्ठसँग मिलेर चलचित्र बनाउने तयारी पनि गरिरहेकी छिन् । साथै, आँचलले मिलन चाम्सको निर्देशनमा बन्ने एक चलचित्रमा पनि काम गर्नेछिन् ।

आफूले गरिरहेको काम सुखद तरिकाले अगाडि बढिरहँदा आँचलको बिषयमा कुरा गर्ने, ट्रोल बनाउने वा उनको सफलतामा डाहा गर्ने पनि बढिरहेका छन् । आँचलले पनि यस्तै महशुश गरेको हुनुपर्छ ।

यसैले, आँचलले आफूले गरिरहेको कामको बिषयमा चिन्ता नलिन आग्रह गरेकी छिन् । साथै, उनले आफूले गरिरहेको बिषयमा चिन्ता लिनेलाई चिन्ता किन लागिरहेको छ भनेर खोज्न पनि अपिल गरेकी छिन् ।

आफ्ना बिषयमा भन्दा पनि आफूले गरिरहेको कामलाई लिएर चिन्ता किन भैरहेको छ भनेर चिन्ता लिन आँचलले आग्रह गरेकी हुन् । आँचलको यो आग्रह कसलाई हो यो उनलाई मात्र थाहा होला ।

तर, आँचलले घुमाउरो तरिकाले आफ्नो सफलतामा डाहा नगर्न भन्न खोजेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?