+
+
Shares

पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ५ गते १६:४८

५ मंसिर,बुटवल । पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । रामपुर नगरपालिका-५ की ५४ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

मधुमेह र उच्च रक्तचापकी बिरामी महिला स्वास्थ्यमा समस्या आएपछि कात्तिक १९ गते अस्पताल भर्ना भएकी थिइन् ।

उनको कात्तिक २० गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै पाल्पा जिल्लामा कोरोना संक्रमितको मृत्यु हुने संख्या १९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?