Comments Add Comment

१० लाखले लगाए सिनोफर्मको कोरोना खोप

Photo Credit : REUTERS

५ मंसिर, काठमाडौं । चीनमा आपतकालीन प्रयोगलाई अनुमति दिइएको चाइना नेशनल फर्मास्युटिकल ग्रुप (सिनोफर्म)ले निर्माण गरिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप करिब १० लाख मानिसले लिएका छन् । कम्पनीले बुधबार अबेर सार्वजनिक गरेको तथ्यांकअनुसार गत जुलाईमा अनुमति दिएपछि अहिलेसम्म उक्त संख्यामा मानिसहरुले यो खोप लिइसकेका छन् । आपतकालीन प्रयोगको कार्यक्रम अन्तर्गत अत्यावश्यकीय क्षेत्रमा काम गर्ने र अन्य केही सीमित समूहलाई यो खोप दिइएको थियो । अहिले यो योजनामा काम गरिरहेका तीन खोपहरु छन् । यद्यपि अहिलेसम्म तीनओटै खोपको सुरक्षा र प्रभावकारिता प्रमाणित भइसकेको छैन ।

सिनोफर्मले आफ्ना अध्यक्षलाई उदृत गर्दै सामाजिक सञ्जाल वीच्याटमा लेखेको आलेखमा अहिलेसम्म यो खोप लिनेमध्ये कसैलाई पनि खोपको नकारात्मक असर देखिएको छैन । अहिले चीनमा सिनोफर्म र सिनोभ्याम बायोटेकले निर्माण गरेका तीन खोप आपतकालीन प्रयोगको रुपमा प्रयोग भइरहेका छन् । अहिले आपतकाली प्रयोगको रुपमा रहेका तीन खोपको तेस्रो चरणको मानव परीक्षण पनि चलिरहेको छ ।

सिनोफर्मले आलेखमा आफ्नो खोप लिएका विद्यार्थी, कर्मचारी, कूटनीतिज्ञहरुमध्ये अहिलेसम्म कोही पनि संक्रमित नभएको दाबी गरेको छ । युरोप र अमेरिकी कम्पनीले तेस्रो चरणको मानव परीक्षणको नतिजा सार्वजनिक गर्ने क्रम जारी रहेको अवस्थामा सिनोफर्मले पनि आफ्नो खोप सुरक्षित रहेको दाबी गरेको हो । यद्यपि अहिलेसम्म सिनोफर्मले तेस्रो चरणको परीक्षणको नतिजा भने सार्वजनिक गरेको छैन ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment