Comments Add Comment

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको विज्ञप्ति : तनहुँ घटनाको छानबिन गर

फाइल तस्वीर

१८ मंसिर, बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले तनहुँमा पक्राउ गरेको घटनाको छानबिन गर्न माग गरेको छ ।

प्रदेश सभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले बिहीबार विज्ञप्ति जारी गर्दै बुधबार तनहुँमा वरिष्ठ नेता पौडेलमाथि प्रहरी–प्रशासनबाट भएको अभद्र व्यवहार,ज्यादती र गिरफ्तारीको भर्त्सना गर्दै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

‘शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरी संविधान प्रदत्त हकमा आघात पुर्‍याउने गरी भएको घटनाको निन्दा गर्दै छानवीन गरी दोषीमाथि कारबाही गर्न नेपाल सरकारसँग माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment