Comments Add Comment

बैंक अफ काठमाण्डूको डिबेञ्चरमा आकर्षण !

३० मंसिर, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डिबेञ्चर–२०८६ मा आवेदन दिने म्याद सकिएको छ । बैंकले सर्वसाधारण तथा ब्यक्तिगत लगानीकर्ताको दीर्घकालीन लगानीमा उच्चतम् प्रतिफल सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने दृष्टिकोणबाट ८.५ प्रतिशत बिओके डिबेञ्चर २०८६ ल्याएको थियो ।

२४ मंसिरदेखि खुला भएको निष्काशन २९ मंसिरमा बन्द भएको हो । बैंकले निष्काशन गरेको उक्त ऋणपत्रमा लगानीकर्ता महानुभावहरुको उत्साहजनक सहभागिताले गर्दा निर्धारण गरीएको छिटो अन्तिम मितिमा नै बन्द भएको बताएको छ ।

यस बैंकद्वारा निष्काशन गरीएको ऋणपत्रमा लगानीकर्ता महानुभावहरुकोे सहभागिताले यस बैंक र लगानीकर्ताहरु बिचमा रहेको विश्वसनियतालाई पुष्टि गरेको छ । साथै, बैंकले उक्त ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको थियो ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment