+
+
Shares

पछिल्लो राजनीतिक घटनाक्रम अर्थतन्त्रका लागि दुर्भाग्यपूर्ण : निजी क्षेत्र

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते १२:४३

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको लागि सिफारिस गरेपछि निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ।

संविधान बनेपछि झण्डै दुई तिहाइ बहुमतसहित निर्वाचित सरकारले नै राजनीतिक अवस्था तरल बनाउने गरी भएको संसद बिघटनको सिफारिसबाट निजी क्षेत्र निराश भएका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले अहिले विकास भइरहेको घटनाक्रमले शुभ संकेत नगरेको बताए । जनमत नै धरापमा पर्नेगरी भइरहेका राजनीतिक खिचातानीले देशभित्र उद्यम र लगानीको वातावरण थप बिग्रिने मोरको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई गति दिनुपर्ने बेलामा भएको यस्तो घटनाले उद्योगी/व्यवसायीहरू निराश बनेको बताए । उनले यस्ता कुराले लगानीको वातावरण पनि बिग्रिने भएकाले विकासित घटनाक्रम देशका लागि दुर्भाग्यूर्ण भएको बताए ।

अर्थतन्त्रका लागि शुभ संकेत होइन

संसारभरको अभ्यास हेर्ने हो भने जुन मुलुकमा स्थिरता छ, सोही मुलुकमा लगानी जान्छ । त्यही मुलुकले आर्थिक विकासमा फड्को मारेका छन् । हामीले लामो समयदेखि अस्थिरता भोग्दै आएका थियौं । पछिल्लो निर्वाचनपछि एक प्रकारको आशा र भरोसा पलाएको थियो । तर पछिल्लो समय राजनीतिमा देखिएको चहलपहल पक्कै पनि शुभ संकेत होइन ।

राजनीतिक विषयमा मेरो टिप्पणी छैन । तर जे भइरहेको छ, यसले राम्रो संकेत गरेको छैन । उद्योगी व्यवसायीहरू राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरता चाहन्छन् । यसका लागि राजनीतिक नेतृत्वको भूमिका निकै महत्वपूर्ण हुन्छ । जनताले ५ वर्षसम्म स्थिर रूपमा सरकार चलाउन दिएको जनमत नै धरापमा पर्नेगरी भएका गतिविधिले हामी उद्योगी-व्यवसायीलाई त पक्कै निराश बनाउँछ ।

सतिसकुमार मोर, अध्यक्ष ,नेपाल उद्योग परिसंघ

देशको लागि अर्को अर्को महामारी

जनताले पाँच वर्षका लागि झण्डै दुई तिहाइको बहुमत दिएर पठाएको सरकारबाट संसद विघटनजस्तो निर्णय हुनु दुर्भाग्यपूर्ण छ । कारोना महामारीको बीचमा देशको लागि अर्को नयाँ महामारी देखियो । नेताहरूको आफ्नो झगडाले मुलुकलाई अप्ठ्यारोमा पार्नु निकै दुःखद् छ ।

अर्थतन्त्रलाई गति दिने बेलामा यस्तो घटना हुनले हामी निराश छौं । यस्तो अस्थिरताले अन्तर्राष्ट्रिय लगानीको वातावरण पनि बिग्रिन्छ तर पनि अवस्था परिवर्तनले निजी नीति परिवर्तन नहोस् भन्ने  हाम्रो कामना छ । निजी क्षेत्रले यसलाई समीक्षा गर्छ ।

राजेन्द्र मल्ल, उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?