Comments Add Comment

४ सांसद्सहित ६ जनाले अस्वीकार गरे ओली समूहको केन्द्रीय सदस्य

९ पुस, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले चयन गरेका ६ केन्द्रीय सदस्यले पद अस्वीकार गरेका छन् । प्रदेश १ मा राज्यमन्त्रीसहित चारजना सांसद् र दुईजना नेताले ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका हुन् ।

प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् । उनीसँगै उदयपुरबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद् कला घले, झपाका सांसद् गोपालचन्द्र बुढाथोकी र खोटाङबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद् उषाकला राईले ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका हुन् ।

ताप्लेजुङका संविधानसभाका सदस्य डम्बरध्वज तुम्बाहाम्फे र खोटाङका सचिव राम दंगालले ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका छन् ।

जनता रोइरहेको अवस्थामा आफू केन्द्रीय सदस्यमा बसेर खुसी हुन नसक्ने भएकाले पद अस्वीकार गरेको सामाजिक विकास राज्यमन्त्री गजमेरलले बताइन् । गोपालचन्द्र बुढाथोकीले पनि जनतालाई धरधरी रुवाएर केन्द्रीय सदस्यमा नबस्ने जनाएका छन् ।
उदयपुरकी सांसद् कला घलेले ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरे पनि अस्वीकार गर्नुको कारण पछि भन्ने बताइन् ।

उसाकला राई श्रीमान् शेरबहादुर तामाङसहित प्रचण्ड नेपाल समूहमा लागेका छन् । उनीहरु दुईजनाले ओली समूहो दुईवटा बैठकमा सहभागिता जनाएका थिए ।

ताप्लेजुङका संविधानसभाका सदस्य डम्बरध्वज तुम्बाहाम्फेले पनि ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका छन् । विज्ञप्ती जारी गर्दै उनले ओली समूहको केन्द्रीय सदस्यमा बस्न नसक्ने बताएका हुन् ।

नेकपा खोटाङका सचिव राम दंगालले ओली समूहको केन्द्रीय सदस्यमा बस्न नसक्ने बताएका छन् । नेकपाको खोटाङ जिल्ला सचिव र प्रदेश कमिटी सदस्य रहेकाले केन्द्रीय सदस्यमा बस्न नसक्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment