Comments Add Comment

‘सेनाविनाको सेनापतिजस्तै बादल’

९ पुस, काठमाडौं । पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ले अन्ततः पूर्वसहकर्मी प्रचण्डको साथ छोडेका छन् ।

सरकारका गृहमन्त्री एवम् नेकपा सचिवालय सदस्यसमेत रहेका उनी प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका हुन् । तर उनको समूहका अधिकांश नेताहरु भने प्रचण्ड–माधव नेपाल समूहमा छन् ।

तत्कालीन नेकपा माओवादी विभाजन हुँदा पनि बादलले प्रचण्डको साथ छोडेर मोहन वैद्य ‘किरण’लाई रोजेका थिए । तर पछि उनले किरणको साथ छोडे र प्रचण्डसँग पार्टी एकता गरेका थिए । बादलसहितका पूर्वमाओवादी घटकहरुको पार्टी एकतापछि ‘नेकपा माओवादी केन्द्र’ गठन भएको थियो ।

तत्कालीन माओवादी केन्द्र र एमालेसँग पार्टी एकता भएपछि बनेको नेकपामा बादल समूहले ३४ केन्द्रीय सदस्य पद पाएको थियो । प्रचण्डको प्रस्तावमा बादलले नेकपा सचिवालय सदस्य र गृहमन्त्री पाएका थिए । स्रोतका अनुसार बादलले प्रधानमन्त्री ओलीसँग आफूलाई पार्टीको सहअध्यक्षसहित दोस्रो वरियता मागेका छन् ।

बादल ओलीतिर लागे पनि उनको समूहका प्राय सबै प्रचण्ड–माधव नेपाल समूहमै छन् । बादल समूहका एक नेताले अनलाइनखबरसँग भने, ‘उहाँ (बादल) सेनाविनाको सेनापतिजस्तो हुनु भएको छ । हामी प्रचण्ड–माधवतिरै छौं, उहाँ ओलीतिर लाग्नुभयो ।’

बादल निकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले पनि बादलको साथ छोडेको संकेत गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बादलजी तपाईंसँग सति जान सकिएन । तपाईंको प्रगति होस् ।’

नेकपा विभाजनलगत्तै बादल समूहका नेताहरुले ओलीको साथ छोड्न दबाव दिँदै आएका थिए । तर सुरुमा निर्णय लिन नसकेका उनी ओली र प्रचण्ड–माधव समूहका दुवै बैठकमा अनुपस्थित हुँदै आएका थिए । तर गएराति र आज बिहान पनि आफू निकटका नेताहरुसँगको बसाइँमा बादलले यतिन्जेल साथ दिएकोमा धन्यवाद दिँदै आफू ओलीतिरै लागेको जानकारी गराएको एक नेताले बताए ।

पूर्वमाओवादीका टोपबहादुर रायमाझी र मणि थापा पनि ओली समूहतिरै लागेका छन् ।

लुम्बिनी प्रदेशसभाका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले भने आफूहरु प्रचण्ड–माधव समूहकै बैठकमा सहभागी हुने बताएका छन् । सोनामकी पत्नी तारा घर्ती भने सुरुदेखि नै प्रचण्ड–माधव समूहको बैठकमा सहभागी हुँदै आएकी छन् ।

बादल समूहका देव गुरुङ र पम्फा भुसाल भने सुरुदेखि नै प्रचण्ड–माधव समूहमा खुलेर लागेका छन् ।

बादल समूहका केन्द्रीय नेताहरुको नामावली–

रामबहादुर थापा (बादल)

देव गुरुङ

पम्फा भुसाल

कुलप्रसाद केसी (सोनाम)

तारा घर्ती

पूर्णबहादुर घर्ती (आयाम)

सूर्य सुवेदी (पथिक)

ज्ञानु बस्नेत (सुवेदी)

हितमान शाक्य

अमृता थापामगर

दिलिप कुमार प्रजापति

श्रीराम ढकाल (प्रशान्त)

रामदीप आचार्य

लेखनाथ न्यौपाने

दावा तामाङ

कुमारी मोक्तान

मौसम लिम्बु (इन्द्र आङ्बो)

सावित्री कुमार काफ्ले

इन्द्रजित थारु

मायाप्रसाद शर्मा

नरेश भण्डारी

महेश्वर दाहाल

युवराज भट्टराई

सुरेश आलेमगर

लक्ष्मीदत्त जोशी

नेपबहादुर चौधरी

महादेव यादव

रुपा चौधरी

हरि बहादुर चुमान

सुरेश कुमार राई (हिमाल किराँती)

विजय भण्डारी

शरदसिंह भण्डारी

झकबहादुर मल्ल (सुदीप)

राजेन्द्र कार्की

टेक बलम्पाकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment