+
+
Shares

हल खुलेपछि जिल्ला प्रशासन कार्यलय पुगे फिल्मीकर्मी

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १० गते १२:१०

कोरोना महामारीका कारण ९ महिनादेखि बन्द रहेका हलहरु आजबाट खुलेका छन् । हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले हल खोल्ने घोषणा गरेसँगै आजबाट देशभरका अधिकांश हलहरु खुलेका छन् ।

हलमा आजबाट २ नेपाली र २ अंग्रेजी चलचित्र रिलिज भएका छन् । तर, हल खुलेसँगै चलचित्रकर्मीहरु जिल्ला प्रशासन कार्यलय पुगेका छन् ।

हल खुलाउने निर्णय गरेपछि सीडीओ कार्यलयले छलफलका लागि डाकेको हो । चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले अनलाइनखबरसँग भने–‘हामीले हल खोल्ने निर्णय गरे अनुसार आजबाट देशभरका हल संचालनमा आएका छन् । जिल्ला प्रशासन कार्यलयबाट बैठकका लागि बोलाइएपछि हामी आएका हौं ।’

छलफलमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, हल व्यवसायी, निर्माता, निर्देशकहरु सहभागी छन् । सरकारले हल खोल्ने अनुमती नदिएपनि एकतर्फी रुपमा हल खोल्ने निर्णय गरेका चलचित्रकर्मीलाई जिल्ला प्रशासन कार्यलयले कुराकानीका लागि बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?