Comments Add Comment

नाजिर र आँचलको ‘तोरी पेल तेल’को कभर भिडियो प्रतियोगीता

बिहिबार सार्वजनिक गरिएको ‘तोरी पेली तेल’ बोलको गीतको कभर भियिो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई डेढ लाख नगदसहित सम्मान गरिने भएको छ । साथै, उत्कृष्ट भिडियो बनाउने प्रतियोगीलाई एउटा भिडियोमा काम गर्ने अवसर समेत दिइने निर्माणपक्षले बताएको छ ।

क्याडी इन्टरटेन्मेन्टले निर्माण गरेको यो गीतको भिडियोमा मोडलद्धय नाजिर हुसेन र आँचल शर्माको अभिनय छ । डान्सिङ शैलीमा तयार भएको भिडियोमा प्रेम र रोमान्सका रमाइला पलहरु समावेश गरिएको छ ।

यो गीतमा अस्मिता अधिकारी र प्रनय क्याडी श्रेष्ठको स्वर, दीपक शर्माको शब्द तथा संगीत छ । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा विकास धमलाको सम्पादन, सबोल जोशीको कोरियोग्राफी, वुद्ध थापाको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment