
नायक पल शाह र मोडल रेश्मा घिमिरे अभिनित ‘क्या मज्जा आको’ बोलको गीत रिलिज भएको छ । एजिएल इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो गीतमा राजनराज सिवाकोटीको संगीत, राजनराज र मेलिना राइको स्वर, राजनराजकै शब्द छ ।
यो गीतको भिडियोमा पल कृष्ण र रेश्मा सीताको भूमिकामा देखिएका छन् । भिडियोमा कलाकार निर्मल शर्माको पनि अभिनय छ । भिडियोमा एक नाटकमा रहेका कलाकारहरुको वर्कशपको कथालाई देखाइएको छ ।
गम्भिर बिष्टले निर्देशन गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4