Comments Add Comment

प्रधानन्यायाधीशलाई भीमार्जुनको जवाफ : यो श्रीमानले होइन, हाउसले भन्ने हो

४ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाई गरिरहेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र वरिष्ठ अभिवक्ता भीमार्जुन आचार्यबीच रोचक सवाल-जवाफ भएको छ ।

संसद विघटन असंवैधानिक भएको भन्दै बहस गरेका आचार्यले संविधानको धारा ७६ को जिकिर गरेका थिए । त्यसक्रममा इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश जबराले केही प्रश्न गरे ।

प्रन्या : धारा ७६ (३) को अवस्था छैन भने ७६ (२) कै प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँदैन र ?

भीमार्जुन : यस्तो काल्पनिक कुरामा अदालत जान मिल्दैन । यो कुरामा श्रीमानले भन्ने होइन, हाउसले भन्ने हो । सरकार बनाउन संविधानमा भएका सबै विकल्प प्रयोग गरेपछि मात्र विघटनमा जान मिल्छ । सरकार बनाउने अरू विकल्पमा प्रवेश नगरी विघटन गर्न मिल्दैन ।

प्रधानन्यायाधीशले अप्सन भयो भने हेर्ने हो कि नहुँदा पनि हेर्ने हो भन्ने प्रश्न गरेका थिए । जवाफमा वरिष्ठ अधिवक्ता आचार्यले ‘मसँग विकल्प छैन भनेर हाउसले भन्नुपर्छ’ भनेका छन् ।

सुनुवाईका क्रममा प्रधानन्यायाधीशले धारा ६ को १, २, ३, ४, ५, ६ र ७ ले संसदकोसरकार बनेन भनेर प्रमाणित गर्नुपर्ने कहाँ लेखेको छ र ? भनेर पनि प्रश्न गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment