+
+
Shares

नागरिक स्टक डिलरलाई कारोबार गर्न बोर्डले दियो अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ९ गते २०:५९

९ माघ, काठमाडौं । नागरिक स्टक डिलर कम्पनीलाई कारोबार गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र व्यापार सम्बन्धी कारोबार गर्न नागरिक स्टक डिलरलाई अनुमति प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपपछि बोर्डले धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमति दिएको जनाएको छ ।

अनुमति पाएको कम्पनी नागरिक लगानी कोषकै सहायक कम्पनी हो । बोर्डका कार्यकारी निर्देशक गिरीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै स्टक डिलर कम्पनीको प्रवेशसँगै उक्त कम्पनीबाट अध्ययन तथा अनुसन्धानमार्फत् हुने लगानीसम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पूँजी बजारमा गतिशिलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र पाएर धितोपत्र व्यापारीको काम गर्न सक्ने व्यवस्थालाई समेटी २०७६ फागुन १ गतेदेखि लागू हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा संशोधन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?