Comments Add Comment

ताइवानले स्वतन्त्रता चाहनुको अर्थ युद्ध हुनु हो : चीन

१६ माघ, काठमाडौं । ताइवानले स्वतन्त्रताको लागि प्रयास गर्नु युद्धको सुरुवात हुने चीनले चेतावनी दिएको छ । चीनले पछिल्लो समय ताइवाननजिकै आफ्नो सैन्य गतिविधि बढाइरहेको अवस्थामा यस्तो चेतावनी दिएको हो । अमेरिकी राष्ट्रपति जो बाइडनले पनि ताइवानप्रतिको प्रतिबद्धता पालना गर्ने आश्वासन दिइसकेका छन् ।

बिहीबार चीनले दिएको अभिव्यक्तिलाई अमेरिकाले दुर्भाग्यपूर्ण भएको बताएको छ । अमेरिकाले ताइवानसँगको तनावलाई थप बढाउन आवश्यक नरहेको बताएको छ । चीनले प्रजातान्त्रिक व्यवस्था रहेको ताइवालाई आफ्नो प्रान्त मान्दै आएको छ । तर, ताइवानले भने आफूलाई एक सार्वभौम मुलुक भएको बताउँदै आएको छ ।

बिहीबार चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वुछियानले भने, ‘हामी ताइवानका स्वतन्त्रता पक्षधरका सेनाहरुलाई गम्भीरतापूर्वक भनिरहेका छौं कि जो आगोसँग खेल्छ ऊ आफैं जल्छ र ताइवानको स्वतन्त्रताको अर्थ युद्ध हुनु हो ।’

वछियानले चीनले ताइवाननजिकै गरेको सैन्य गतिविधिको बचाउ गर्दै ताइवानको अहिलेको अवस्थाको लागि आवश्यक तथा राष्ट्रिय सार्वभौमिकता र सुरक्षाको आवश्यक कदम चालिरहेको बताएका छन् ।

अमेरिकाको नयाँ प्रशासनले चीनमाथि मानव अधिकार, व्यापारिक विवाद, हङकङ र ताइवानलगायत मुद्दामा दबाब दिने नीति अख्तियार गर्ने अपेक्षा छ । यस्तो अवस्थामा चीनले ताइवानप्रति कडा कदम चाल्ने संकेत दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment