Comments Add Comment

चितवनमा ६९७३ जनाले लगाए कोरोना खोप

२५ माघ, चितवन । चितवनमा ६ हजारभन्दा बढीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स तथा शववहान चालक, सुरक्षाकर्मी, महिला स्वंयसेविका, कैदी बन्दी, वृद्धवृद्धा गरेर ६ हजार ९ सय ७३ जनाले कोरोना खोप लगाएका छन् । माघ १३ गतेबाट सुरु भएको खोप अभियान माघ २४ गतेसम्म चलेको थियो ।

जिल्लामा तोकिएको लक्षित समूह मध्ये ९२.३३ प्रतिशतले कोरोना खोप लगाएका छन् । पहिलो चरणको खोप कार्यक्रममा ३९ सय महिला र ३ हजार ७३ पुरुष सहभागी भए । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीका अनुसार ४ हजार ५ सय ९६ स्वास्थ्यकर्मी, १ हजार ४१ सफाइकर्मी, एम्बुलेन्स एवं शववहान चालक ९६, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी ६० जना, महिला स्वंयसेविका २७५ जना, विभिन्न आश्रमका असहाय २२२ जना, कैदीबन्दी ६८३ जनाले कोरोनाको खोप लगाएका छन् ।

शनिबारसम्म भरतपुर अस्पतालको केन्द्रबाट तीन हजार ७२९ ले खोप लगाए । पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालबाट ४००, बघौडा अस्पताल माडीबाट ८९, चितवन मेडिकल कलेजबाट एक हजार ४०, कलेज अफ मेडिकल साइन्सेजबाट ८०८, चितवनतर्फ देवघाटको वृद्धाआश्रम १८९ र भरतपुर कारागार कार्यालय चितवनबाट ६८३ जनाले खोप लगाएका हुन् ।

सुरुमा खोप लगाउन हिच्किचाएपछि पछिल्लो दिनमा भने संख्या बढेर एकैदिन खोप लगाउने एक हजार २५७ सम्मले खोप लगाएका थिए । दोस्रो चरणमा दीर्घरोगी, छुटेका स्वास्थ्यकर्मी, वृद्धवृद्धालाई खोप लगाउने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment