Comments Add Comment

वर्षा भन्दैछिन् ‘सावधान’

नायिका वर्षा राउतको अभिनय रहेको छोटो चलचित्र ‘सावधान’ सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाले निर्देशन गरेको यो चलचित्रले बालयौन दुराचारको कथालाई उठान गरेको छ । सानी बालिकामाथि आफ्नै नजिकका आफन्तबाट भएको यौन दुव्र्यवहारको घटनालाई यो चलचित्रले उठाएको छ । यौन दुव्र्यवहार हुँदा पनि आफ्नै आमाबुबाले नसुन्ने प्रसंग पनि चलचित्रमा हेर्न सकिन्छ ।

यो चलचित्रमा वर्षाले आमाको भूमिका निर्वाह गरेकी छिन् भने काव्या अधिकारीले छोरीको भूमिका निर्वाह गरेकी छिन् । यस्तै, बुबाको भूमिकामा प्रविण खतिवडालाई हेर्न सकिन्छ । यो छोटो चलचित्रमा आर्जेश रेग्मी, अनिता बस्नेत, भूपेन्द्रसिंह धामीको पनि अभिनय हेर्न सकिनछ । निर्देशक लामाले अभिभावकहरुलाई सचेत गराउने उद्देश्यले यो छोटो चलचित्र बनाएको बताए ।

उनले भने–‘अभिभावक बेलैमा सचेत भएनन् भने र छोराछोरीको कुरा सुनेनन् भने ठूलो दुर्घटना हुन सक्छ ।’ १० मिनेट लामो यो चलचित्रमा जाङ्मु शेर्पा, फुर्वा याङ्जी शेर्पा र निमा शेर्पा श्रेष्ठले लगानी गरेका छन् । नायिका वर्षा राउतले स्क्रिप्ट पढेपछि आफू उत्साहित भएर काम गर्न तयार भएको बताइन् । शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत रहेको यो छोटो चलचित्रलाई कपन क्षेत्रमा खिचिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment