+
+
Shares

भारतको नयाँदिल्लीमा नेपाली महिलाको गोली हानी हत्या

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ४ गते १५:०२

४ चैत, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार एक नेपाली महिलाको गोली हानी हत्या भएको छ ।

भारतीय प्रहरीले दिएको जानकारी अनुसार उत्तरी दिल्लीको तिमारपुरमा बसोबास गर्दै आएकी ४५ वर्षीया मीना नाम गरेकी महिलालाई मोटरसाइकलमा सवार आक्रमणकारीले गोली हानी हत्या गरेका हुन् । मीना नयाँ दिल्लीमा पानी, न्याक्स र कोल्ड ड्रिंक्सको व्यापार गर्दै आएकी थिइन् ।

प्रहरीका अनुसार बिहान सात बजेतिर मीनामाथि उक्त आक्रमण भएको हो । दिल्लीका वरिष्ठ प्रहरी अधिकारीले आक्रमण गर्ने मनिसहरु मोटरसाइकलमा भागेको र महिलालाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेको बताए ।

प्रहरीले विभिन्न टोली बनाएर आक्रमणकारीको खोजी गरिरहेको बताएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?