+
+

मेराकी, होलिस्टिक वेलनेस रिट्रिटको प्रि–लन्च

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ८ गते १९:४५

८ चैत, काठमाडौं । मेराकी, होलिस्टिक वेलनेस रिट्रिट नेपालमा प्रिमियम र स्टेट–अफ–द–आर्ट वेलनेस थेरापी तथा आकर्षक आवासीय सेवा प्रदान गर्ने होलिस्टिक हिलिङ रिट्रिट हो । यहाँ तपाईंलाई आफ्नो मन, शरीर, र आत्मालाई पुनर्प्राप्ति गर्न प्राकृतिक चिकित्सा माध्यमबाट सर्टिफाइड विशेषज्ञहरुले होलिस्टिक वेलनेस, प्राणिक हिलिङ, योगा, लगायत अन्य थेरापीबाट मार्गदर्शन गर्नेछन् । मेराकी, होलिस्टिक वेलनेस रिट्रिटको प्राङ्गणमा शनिबार प्रि–लन्च कार्यक्रमको आयोजना गरिएको हो ।

शिवपुरी डाँडा र बूढानीलकण्ठमा सुन्दर तथा निर्मल वातावरणमा अवस्थित मेराकीले तपाईंको आवश्यकता पूरा गर्न विभिन्न थेरापीहरुका साथै शुद्ध खानाहरुले जीवनशैलीमा परिवर्तन ल्याउन तयार रहेको जानकारी गराइएको छ ।

प्रि–लन्चमा प्राणिक हिलिङ र होलिस्टिक वेलबिइङ एण्ड वेलनेस वर्कशपहरु भइरहेको मेराकी, होलिस्टिक वेलनेस रिट्रिटले जानकारी दिएको छ ।

रिट्रिटमा तपाईंले आफ्नो शरीरको बारेमा थप जानकार हुँदै आध्यात्मिक, मानसिक र शारीरिक कमजोरीहरु सम्बन्धित विषेश तालिम उपलब्ध हुनेछ । साथै, प्राकृतिक चिकित्सीय प्रणालीबाट नेपालको पहिलो र एकमात्र विलासी वेलनेस रिट्रिट गन्तव्यमा तपाईंले पूर्ण स्वास्थ्यलाभको फाइदा उठाउन सकिने रिट्रिटले जानकारी दिएको छ । रिट्रिटमा नेपाल सरकार र विश्व स्वास्थ संगठनको सुरक्षा मापदण्डभन्दा अझ बढी सुरक्षित नीतिहरु अपनाएको अनुभव गर्न सकिने जनाइएको छ ।
मेराकीमा रहेका सुइटहरु, निजी लाउन्ज र रेस्टुरेन्टले तनावरहित वातावरणमा प्रकृतिको नजिक रही पूर्ण आराम दिलाउन विशिष्ट सेवा दिन कर्मचारीहरु सधैं तत्पर रहेको रिट्रिटले जानकारी दिएको छ ।

मन, शरीर, र आत्माको विशेष ध्यान राख्न सिकाउने हाम्रा प्रयोगशालाहरुले तपाईंलाई विशिष्ट अनुभव मात्र प्रदान गर्दैन, तपाईंको कुनै पनि किसिमको विशेष प्राथमिकता अथवा आवश्यकताहरुको पनि ध्यान राखी तपाईंले खोजेको भन्दा उत्कृष्ट सेवा दिन मेराकी सधैं तयार रहेको जनाएको छ । मेराकी, होलिस्टिक वेलनेस रिट्रिटको प्रि–लन्चमा तपाईंहरुलाई स्वागत गर्न आतुर रहेको रिट्रिटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?