Comments Add Comment

‘फिल्मफेयर अवार्ड’मा इरफान र तापसी ‘उत्कृष्ट नायक–नायिका’

‘६६ औं फिल्मफेयर अवार्ड’ शनिबार मुम्बइमा आयोजना गरिएको छ । सन् २०२० मा रिलिज भएका चलचित्रहरुबाट उत्कृष्टलाई अवार्ड प्रदान गरिएको समारोहमा बलिउडका चर्चित कलाकार, निर्माता, निर्देशक पुगेका थिए । बलिउडकै प्रतिष्ठित यो अवार्डमा स्वर्गिय नायक इरफान खानलाई ‘अंग्रेजी मिडियम’ चलचित्रबाट ‘उत्कृष्ट नायक’को अवार्ड प्रदान गरिएको छ । यस्तै, उनलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ पनि प्रदान गरियो ।

इरफानको अवार्ड लिनका लागि उनका छोरा बाबिल खान स्टेजमा पुगेका थिए । यस्तै, नायिका तापसी पन्नूले चलचित्र ‘थप्पड’बाट ‘उत्कृष्ट नायिका’को अवार्ड जितिन् । अवार्ड समारोहमा नायिका तापसी पन्नू, नायक आयुष्मान खुराना, नायिका सन्नी लियोनी, नोरा फतेही, नायक रितेश देशमुख, राजकुमार राव लगायतका कलाकार पुगेका थिए ।

समारोहमा ‘उत्कृष्ट निर्देशक’को अवार्ड ‘तानाजी’बाट ओम राउतले जित्दा अमिताभ बच्चनले ‘गुलाबो सिताबो’बाट क्रिटिक्स अवार्ड जितेका छन् । यस्तै, सैफअली खानले ‘उत्कृष्ट सह–नायक’को अवार्ड ‘तानाजी’बाट जितेका छन् । चलचित्र ‘गुलाबो सिताबो’बाट फारुख जफरले ‘उत्कृष्ट सह–नायिका’को अवार्ड जित्दा ‘उत्कृष्ट कथा’को अवार्ड ‘थप्पड’ चलचित्रबाट अनुभव सुशिला सिन्हा र मृणमयी लगू वेकुलले जितेका छन् ।

उत्कृष्ट पटकथाको अवार्ड रोहना गेराले ‘सर’बाट जित्दा ‘गुलाबो सिताबो’बाट जुही चुतर्वेदीले ‘उत्कृष्ट सम्पादक’को अवार्ड जिेत । उत्कृष्ट नव–निर्देशकको अवार्ड ‘लुटकेस’बाट राजेश कृष्णनले जित्दा अलाया एफले ‘जवानी जानेमन’ चलचित्रबाट ‘उत्कृष्ट नव–निर्देशक’को अवार्ड जितेकी छिन् ।

कार्यक्रममा, आरडी बर्मन अवार्ड गुलजारलाई प्रदान गरियो । ‘लूडो’ चलचित्रबाट प्रितमले ‘उत्कृष्ट संगीत’को अवार्ड जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment