Comments Add Comment

इथियोपियामा अज्ञात समूहको आक्रमणमा ३० को मृत्यु

Photo Credit : Al Jazeera

१९ चैत, काठमाडौं । इथियोपियाको ओरोमिया प्रान्तमा अज्ञात हतियारधारी समूहले गरेको आक्रमणमा अम्हारा समुदायका ३० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार राति वेस्ट वोलेगा क्षेत्रमा उक्त आक्रमण भएको हो । पछिल्लो समय धार्मिक हिंसा इथियोपिया सरकारको लागि चुनौती बनेको छ ।

समाचारमा उल्लेख गरिएअनुसार मंगलबार राति नौ बजे आएको हतियारधारी समूहले मानिसहरुलाई एकै ठाउँमा भेला गराई गोली चलाएको थियो । यो आक्रमण ओरोमियाको ओरोमो लिबरेसन आर्मी (ओएलएफ)ले गरेको हुन सक्ने आशंका छ । ओएलएफ ओरोमियाको विपक्षी पार्टी हो । यो पार्टीमाथि इथियोपियामा लगाइएको प्रतिबन्ध सन् २०१८ मा अबिय अहमद प्रधानमन्त्री बनेसँगै हटेको थियो ।

गत मार्चमा ओएलएफले तीन सय अम्हारा समुदायका मानिसको हत्या गरेको अमेरिकास्थित अम्हारा एसोसिएसनका अध्यक्ष टेवेड्रोसे टिर्फेले आरोप लगाएका छन् । उनले अम्हारा समुदायका मानिसको हत्यामा सरकार पनि मौन देखिएको आरोप लगाएका छन् ।

ओरोमो इथियोपियाको सबैभन्दा ठूलो धार्मिक समुदाय हो भने अम्हारा दोस्रो ठूलो समुदाय हो । यी दुई समुदायको बसोबास रहेको ओरोमिया र अम्हारा प्रान्तको सीमा पनि जोडिएको छ । पछिल्लो केही समययता अर्को प्रान्तमा बस्ने धार्मिक समुदायका मानिसमाथिको आक्रमण बढ्दो क्रममा छ ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment