Comments Add Comment

वैकल्पिक सरकारबारे निर्णय गर्ने पालाे अब जसपाकाे : कांग्रेस नेता बडू

२३ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले वैकल्पिक सरकार निर्माणको विषयमा संस्थागत निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा)लाई आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग उनले भने, ‘अनिर्णयमा बस्न हुँदैन । हामीले निर्णयको शुरुवात गर्‍यौं । अब उहाँहरुको पालो, यदि वैकल्पिक सरकार दिने उहाँहरुको चाहना हो भने संस्थागत रुपले जसपाले निर्णय गर्नुपर्ने हुन्छ ।’

कांग्रेसको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गरिसकेको छ । र, आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको छ ।

कांग्रेसले वैकल्पिक सरकार आफ्नै नेतृत्वमा बनाउने भनेर एकलौटी निर्णय गरेको जसपाको टिप्पणी छ नि ? भन्ने पत्रकारहरुको प्रश्नमा नेता बडूले भने, ‘त्यसका लागि केही छलफल हो भने हामी खुला छौं । उहाँहरुले पनि यसलाई गम्भीरतापूर्वक लिनुहुनेछ ।’

वैकल्पिक सरकार निर्माणको प्रयास अब अझ घनीभूत रुपले अगाडि जाने विश्वास पनि नेता बडूले व्यक्त गरे । ‘वैकल्पिक सरकार निर्माणको प्रयासका विषयमा एउटा आकारमा हामी छिट्टै पुग्छौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment