+
+
Shares

लागूऔषध किनबेचमा संलग्न रहेको आरोपमा दुईजना प्रहरी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १५:३३

१९ वैशाख, काठमाडौं । प्रतिबन्धित लागूऔषधको किनबेचमा संलग्न भएको आरोपमा दुईजना प्रहरी पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले प्रहरी जवान नरेन्द्रसिंह नगारी र प्रेमराम ओडलाई पक्राउ गरेको हो ।

ब्युरोका डीएसपी योगेन्द्र खड्काका अनुसार उनीहरुलाई शुक्रबार डल्लु क्षेत्रबाट पक्राउ गरिएको हो । ‘उनीहरुको साथबाट औषधिजन्य लागूऔषध डाइजेपाम, फेनारगन र नुर्फिन गरी १ सय ८६ एम्बुल बरामद भएको छ’, उनले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार उनीहरु लागूऔषध विक्री गर्न गएका बेला पक्राउ गरेका हुन् । नगारी र ओड स्वयम् दुर्व्यसनी हुन्/होइनन् भन्ने चाहिँ खुलिनसकेको खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?