Comments Add Comment

संसद बैठक सञ्चालनका विषयमा सभामुखद्वारा विज्ञसँग छलफल

२० वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनका विषयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गरेका छन् ।

विशेषज्ञहरुले भने सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर बैठक सञ्चालन गर्न सकिने सुझाव दिएका छन् । उनीहरुले बैठक सञ्चालन गर्नुअघि सबै सांसदको कोरोना संक्रमण परीक्षण गर्न, बोल्दा मास्क नखोल्न, बसेको सिट परिवर्तन नगर्न पनि सुझाव दिएका छन् । सभामुख सापकोटाले छलफलमा आएका सुझाव कार्यव्यवस्था परामर्श समितिमा पेश गरिने बताएका उनको सचिवालयले जनाएको छ ।

सभामुखसहित स्वास्थ्य क्षेत्रका विशेषज्ञ टोलीले नयाँ मापदण्ड अनुसारको बसाइ व्यवस्थापनको अवलोकन गरेका थिए । छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा भगवान कोइराला,  विज्ञ चिकित्सक डा.लोचन कार्की, डा. सुरेश तिवारी, डा. अनुप सुवेदी, डा. अमृत पोख्रेल,  डा. सागरकुमार राजभण्डारीलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment