Comments Add Comment

हुण्डाईद्वारा गण्डकी प्रदेश सरकारलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी हुण्डाईले हुण्डाई मोटर कम्पनी, कोरियाको सौजन्यमा ५० लाख बराबरका कोविड–१९ उपचारका लागि आवश्यक पीपीईलगायत सामग्रीहरु प्रदान गरेको छ । कम्पनीले स्वास्थ्य सामग्रीहरु गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई वैशाख २४ गते आयोजना गरिएको एक कार्यक्रममा हस्तान्तरण गरेको हो ।

हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोविड–१९) को संक्रमण रोक्थाममा मद्दत गर्नका लागि सो स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । यसको मुल उदेश्य आवश्यक परेका बिरामीहरुलाई समयमा र सही तरिकाले उपचार प्रदान गर्नु रहेको कम्पनीको भनाई छ ।

लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड रुपैइाँ सहयोगका साथै फीभर क्लिनिक स्थापनाका लागि आर्थिक सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment