+
+
Shares

माथिल्लो सोलु जलविद्युत् आयोजनाले स्थापना गर्‍यो बाढी पूर्वसूचना प्रणाली

सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरिएको बाढी पूर्वसूचना प्रणालीले जनधनको सुरक्षामा सहयोग पुग्ने विश्वास छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १०:२६
माथिल्लो सोलु जलविद्युत् आयोजनाले स्थापना गरेको बाढी पूर्वसूचना प्रणाली ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माथिल्लो सोलु जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी पूर्वसूचना प्रणाली स्थापना गरेको छ ।
  • वायरलेस सञ्चार प्रविधिमा आधारित यस प्रणालीबाट बाढी जोखिम क्षेत्रका बासिन्दाहरुलाई साइरन बजाएर र स्वचालित रुपमा एस.एम.एस. पठाएर सजग बनाउन सकिन्छ ।
  • यस्ता बाढी पूर्वसूचना प्रणालीको स्थापनाले विपद पूर्वतयारीमा महत्वपूर्ण भूमिका खेल्ने र जनधनको सुरक्षामा योगदान पुर्‍याउने विद्युत विकास विभागका महानिर्देशक नबिन राज सिंह बताउँछन् ।

२५ असार, काठमाडौं । सोलुखुम्बुको साेलुदूधकुण्ड नगरपालिका वडा नं–६ गार्मामा अवस्थित माथिल्लो सोलु जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी पूर्वसूचना प्रणाली स्थापना गरेको छ ।

वडा कार्यालयको समन्वय र आयोजनाकै खर्चमा वायरलेस सञ्चार प्रविधिमा आधारित बाढी पूर्वसूचना प्रणाली स्थापना गरिएको हो ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत यागार्थ पोख्रेलका अनुसार यस प्रणालीबाट बाँध स्थानदेखि पावरहाउस क्षेत्रसम्म बसोबास गर्ने बासिन्दाहरूलाई बाढीको सम्भावनाबारे साइरन बजाएर र एसएमएस पठाएर समयमै जानकारी दिन सकिनेछ, जसले जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

‘यो प्रणालीको स्थापनाले स्थानीय बासिन्दाको जनधनको सुरक्षामा सहयोग पुग्ने विश्वास छ,’ पोखरेलले भने ।

आयोजनाका प्लान्ट म्यानेजर शिरिष श्रेष्ठका अनुसार उच्च बाढीको अवस्थामा पूर्वसूचना प्रणाली कसरी सञ्चालन गर्ने भनेर अपरेटरहरूलाई आवश्यक तालिम समेत दिइएको छ । उनले भने, ‘यो प्रणाली उच्च बाढीको समय अलावा बाँधको ढोका खोल्दा, सेडिमेन्ट फ्लसिङ गर्दा तथा अन्य मर्मत कार्यको समयमा पनि प्रयोग गरिने छ ।’

विपद पूर्वतयारी र जनधनको सुरक्षामा योगदान

निजी जलविद्युत प्रबर्धकबाट स्थानीय जनताको सुरक्षालाई केन्द्रमा राख्दै गरिएको यस्तो प्रविधिमैत्री पहलले जलविद्युत् आयोजनाले आफ्नो सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतारेको उदाहरणका रुपमा लिन सकिने विद्युत विकास विभागका महानिर्देशक नबिन राज सिंह बताउँछन् ।

यस्ता बाढी पूर्वसूचना प्रणालीको स्थापनाले विपद पूर्वतयारीमा महत्वपूर्ण भूमिका खेल्ने र जनधनको सुरक्षा तथा वातावरणीय सजगता दुवैमा योगदान पुर्‍याउने सिंहको विश्वास छ ।

यस प्रणालीबाट स्थानीय जनताको जनधनको सुरक्षा मात्र नभई तल्लो तटीय क्षेत्रमा निर्माणाधीन तथा सन्चालनमा आएका जलविद्युत आयोजनाहरुलाई समेत पूर्वतयारी गर्न सहयोग मिल्ने छ ।

स्वचालित रुपमा एस.एम.एस. पठाउन मिल्ने

बाढी पूर्वसूचना प्रणाली स्थापना गर्ने जिम्मा पाएको परामर्शदाता इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रा.लि. का प्रबन्ध निर्देशक अनुप खनालले उक्त प्रणाली मोबाइल नेटवर्कमा निर्भर नभई वायरलेस सञ्चार प्रविधिमा आधारित भएको बताए । यस प्रणालीबाट बाढी जोखिम क्षेत्रका बासिन्दाहरुलाई स्वचालित रुपमै एस.एम.एस. अलर्ट समेत फिल्डबाटै पठाउन सकिन्छ ।

‘वायरलेस प्रविधि र स्वचालित एस.एम.एस. सिस्टम भएकाले जटिल भौगोलिक तथा प्रतिकूल वातावरणमा पनि यसले प्रभावकारी रूपमा काम गर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?