
२५ वैशाख, जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया यादवले आफूले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन् ।
प्रमुख यादवले प्रयोग गर्दै आएको प्रदेश २–०२–००१ झ–०००१ नम्बरको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने बताएका हुन् ।
यादवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै नगरभित्रका कोरोना संक्रमितलाई अस्पतालसम्म र अस्पतालबाट घरसम्म पु¥याउनका लागि आफू चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने बताएका हुन् ।
कोरोनाले आक्रान्त जनताको सेवालाई सर्वाेपरी ठानेर आफू चढ्ने सरकारी गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्ने घोषणा गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4