Comments Add Comment

महासंघमा कोभिड-१९ सहायता केन्द्र स्थापना, समस्या परे फोनबाट टिपाउन सकिने

 २९ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड १९ सहायता केन्द्र संचालनमा ल्याएको छ । महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको हो ।

उक्त केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्ने भएका छन् । कोभिड १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन जिम्मेवारी बाँडफाँट समेत गरिएको महासंले जर्नाको छ ।

यस्तो छ महासंघका पदाधिकारीलाई दिइएको जिम्मेवारी

क्र.सं. सहायता हुने अत्यावश्यक क्षेत्रहरू सम्पर्क व्यक्ति  
१.

 

अक्सिजन सिलिण्डर व्यवस्थापन

 

रामचन्द्र संघई, शौरभ ज्योति  
 
२. अस्पताल/आइसोलेसन केन्द्र सहजीकरण हेमराज ढकाल, रविन श्रेष्ठ
३.

 

 

अस्पताल व्यवस्थापन

 

 

ई.देशबन्धु बस्नेत (अजित)
बाबुकाजी कार्की
डा. केयुर गौतम
४. एम्वुलेन्स/आइशोलेसन केन्द्र रन्जितराज आचार्य
५.

 

औषधि/मेडिकल उपकरण

 

प्रवलजंग पाण्डे
भक्त हमाल
६. होटल/हवाई यातायात ज्योत्सना श्रेष्ठ, विनायक शाह, विनोद सापकोटा

सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्धय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएस मार्फत सम्पर्क गरि आफूलाई आवश्यक सेवा टिपाउन सकिने भएको छ ।

सहायता केन्द्रमा तोकिएको जिम्मेवारी अनुसार सदस्यहरूले महासंघका सदस्य, उद्यमी व्यवसायी एवं सर्वसाधारणको माग अनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसंग पहल गर्ने भएका छन् ।

समस्यामा परेका, कोरोना उपचारमा सहजीकरण र समन्वय खोजीरहेका निकै धेरै मानिसलाई स्वास्थ्य सहायता केन्द्रका तर्फबाट निरन्तर सहयोग एवं समन्वय हुने महासंघको भनाइ छ । यसअघि महासंघले हेल्लो डाक्टर संचालनमा ल्याई कोभिड संक्रमणमा परेकालाई डाक्टरहरूबाट स्वास्थ्य परमर्श दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment