Comments Add Comment

कुवेतविरुद्ध अस्ट्रेलियाको सहज जित, एसिया कप नजिक

२१ जेठ, काठमाडौं । विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत अस्ट्रेलियाले समूह बी मा शतप्रतिशत जित हात पार्ने क्रममा कुवेतममथि सहज जित हात पारेको छ ।

बिहीबार राति कुवेतमा भएको खेलमा अस्ट्रेलियाले घरेलु टोलीलाई ३-० ले पराजित गरेको हो ।

जितपछि अस्ट्रेलियाले ५ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा आशिन छ ।

यस जितले अस्ट्रेलियाले समूह विजेता बन्दै एसिया कपमा सिधै छनोट हुने र विश्वकप छनोटको तेस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

अस्ट्रेलियाको जितमा म्याथ्यु लेकी, ज्याकसन इर्भिन र एजडिन हस्टिकले एक गोल गरे ।

खेलको पहिलो मिनेटमै लेकीले हेडर गोल गर्दै खेलमा अस्ट्रेलियालाई अग्रता दिलाएका थिए ।

इर्भिनले २४औं मिनेटमा गोल गरे भने हस्टिकले ६६ औं मिनेटमा तेस्रो गोल गरे ।

अस्ट्रेलिया एसिया कप छनोट नजिक रहँदा कुवेतले भने दोस्रो हार बेहोरेको छ । ६ खेलबाट १० अंक रहेको कुवेत दोस्रो स्थानमै छ । जोर्डनको समान अंक भए पनि कुवेत गोलअन्तरमा अघि छ । अब अर्को खेल जोर्डन र नेपालबीच हुनेछ ।

यो खेल दुवै टोलीको लागि महत्वपूर्ण छ ।

नेपालले बिहीबार चाइनिज ताइपेईलाई २-० ले पराजित गर्दै दोस्रो जित हात पारेको छ । नेपालको ६ खेलबाट ६ अंक छ र चौथो स्थानमा कायम छ । चाइनिज ताइपेई ६ हारपछि अंकविहीन हुँदै पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment