Comments Add Comment

थप २,७४५ जनामा कोरोना संक्रमण, ४,१८७ जना संक्रमणमुक्त

१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ४ हजार १८७ रहेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४४५, कास्कीमा १५६ , धादिङमा ८३, ललितपुरमा ७४, झापा र मोरङमा ७०/७० जना, नुवाकोटमा ६९, मकवानपुरमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै चितवनमा ४४, सुनसरीमा ४३, सुर्खेतमा ३९, बर्दियामा ३५, दाङमा ३३, सिरहामा २९, काभ्रेपलाञ्चोकमा २८, रूपन्देहीमा २६, खोटाङमा २३ र बारामा २१ जना कोरोना संक्रमित थपिएका छन् ।

पाल्पा र दैलेखमा १८/१८ जना, संखुवासभा र स्याङजा १७/१७ जना, भक्तपुरमा १६, डोटीमा १५, बाँकेमा १३, जुम्ला र रूकुम पश्चिममा १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कैलालीमा ९, सल्यानमा ८, पर्सामा ७, रौतहट, सप्तरी, सर्लाही सिन्धुपाल्चोक, नवलपरासी पुर्व, कञ्चनपुरमा ६/६ जना, महोत्तरी र रसुवामा ५/५ जना, इलाम, सिन्धुली, कपिलवस्तु र गुल्मी ४/४ जना, रामेछाप, अर्घाखाँची, प्‍युठान, जाजरकोट र डडेलधुरामा ३/३ जना, ताप्लेजुङ, सोलुखुम्बु, लमजुङ, बागलुङ, डोल्पा र हुम्लामा २/२ जना, तथा उदयपुर, धनकुटा, भोजपुर, धनुषा, म्याग्दी,कालिकोट, मुगु, दार्चुला र बैतडीमा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ५१ बालबालिकाम कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment