+
+
Shares

जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३ गते १२:०१

३ असार, काठमडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका छन् । बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर सहित नेताहरुलाई भने बोलाइएको छैन ।

‘कारबाहीमा परेकाहरुलाई त बोलाउने कुरा भएन । अरुलाई बोलाइएको छ’, जसपाका नेता इस्तियाक राईले भने । उनका अनुसार, सरकारमा सहभागी भएकाहरुलाई पनि बैठकमा बोलाइएको छैन ।

यो समूहले ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको छ ।

बैठकमा निर्वाचन आयोगको निर्णय, लुम्बिनी प्रदेश सरकार लगायतबारे छलफल हुने राईले बताए । यद्यपि बैठकको स्थान भने टुंगो लागेको छैन ।

३० जेठमा आयोगले जसपाका दुवै समूहले गरेको माग दावी अस्वीकार गर्ने निर्णय गरेको छ । यादवले चार नेतालाई निष्काशन गरिएको जानकारी आयोगलाई गराएको थियो । ठाकुरले पनि यादवलाई निष्काशन गरिएको पत्र बुझाएका थिए ।

तर, आयोगले भने दुवै पक्षको माग अनुसार दल दर्ता किताव अद्यावधिक गर्न नसकिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?